गन्तव्य

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ ,  आत्मविश्वास अनि बैशाखीको आड

गन्तव्यले लाल्च्याएको मान्छे म
पथले गिज्याएको मान्छे म
सारथी त कोहि छैनन् मेरो
तर
इच्छा मेरो
आँट अनी आत्मविश्वास मेरो
उदाउँदो सुर्यको, अवलोकन पछिको आन्नद  मेरो
अनि सबै भन्दा ठुलो बैशाखी मेरो

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ  , आत्मविश्वास अनि बैशाखीको आड

डाँडाको बाटो लड्दै उठ्दै
पाटि पौवामा आराम गर्दै
निडर अनि  फुर्तिका साथ
आइ परेमा बैशाखीलाई ढाल बनाउदै
गन्तव्यलाई चुम्नु छ
अनि
बिहानी को त्यो रातो हिमाल
मुनि देखिने ति, आकाश  छोप्ने बादल
चिसो हावाको, स्पर्षको आभस

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ  , आत्मविश्वास अनि बैशाखीको आड