माने मेरो गल्ती सुधार्ने एक मौका देउन ,
पठाइसके माफीका धेरै सन्देश अब त जवाफ देउन ।
बाँच्दैछु यो जिवन जन तन तिमी बिना ,
बिताईसके सालौ साल तिम्रो बियोगमा अब त आई देउन ।
छ इच्छा जिउने तर तिमी बिना होइन् ,
अन्धकार यो मेरो जिवनमा सहारा बनी देउन ।
पापी सासले पनी त्याग्न मानेन तिम्रो दर्शन बिना ,
पाईन तिम्रो साथ जिवनमा मेरो मुक्तिमा साथ देउन ।।











