
कबिता हौ तिमी , पढ्न पाएको छैन छ ईच्छा बुझ्ने , ईशारा आएको छैन ।
गजल हौ तिमी, गाउन पाएको छैन संगित भर्ने मन थियो, ईशारा आएको छैन । जुन हौ तिमी, दाग बन्न पाएको छैन सितलता बस्ने थिए, ईशारा आएको छैन । सुन्दर चित्र हौ तिमी, नियाल्न पाएको छैन भावमा बग्ने थिए ,ईशारा आएको छैन । जीवन हौ तिमी समेट्न पाएको छैन जुनी बिताउथे पर्खाइमा, ईशारा आएको छैन।










