बाचुन्जेल सबै जात र जाती
मरेपछी सबै माटो कै साथी
बाचुन्जेल सबै गरीब अनि धनी
मरेपछी सबै कत्रो मै जानी
बाचुन्जेल सबै तेरो अनि मेरो
मरेपछी सबैको बाँसको घारो
बाचुन्जेल सबै युके अमेरिकाको आस
मरेपछी सबै घाटको लास
बाचुन्जेल सबै गरौ मैत्री भाव
मरेपछी सबैले गरी रहुन याद ।