छैन इच्छा चन्द्र छुने
खुल्ला नयनले देखेको सपना
पछ्याउन चाहन्छु ।
तर
साथ दिन्छु भन्नेहरु, मृगजल भन्छन ।
हात दिन्छु भन्नेहरु, अयोग्य ठान्छन ।
पुजी दिन्छु भन्नेहरु, धितो खोइ भन्छन ।
लक्ष्य त ठुलै रहेछ मेरो,
तेन्जिंग नोर्गे शेर्पाले, सगरमथा चढे जस्तो ।
राइट ब्रदरस्ले, हवाई जहाज बनाए जस्तो ।
नेल्सन मन्डेला, रास्ट्रपति बने जस्तो ।
विश्व प्रसिद्धी पाईदैन सबै लक्ष्यमा
आत्मा संतुष्टि प्राप्त गर्न चाहन्छु ।
किसानी पछि लटरम्म, फल लागे जस्तो ।
ओलम्पिकमा आफैले, पदक जिते जस्तो ।
मरुभूमिमा प्याशिले, पानि भेटे जस्तो।
आत्मा संतुष्टि प्राप्त गर्ने, सामर्थ्य राख्छु ।
संघर्षमा डग्दिन, लक्ष्यमा अटल रहन्छु ।











