सिरानी

यो कबिता सिरानी को बारेमा लेखिएको होइन ।
सिरानीले म पात्र भएर लेखेको हो ।

******

मं त केवल सा़क्षी हुँ
मं मा कुनै प्यास छैन
मँ मा कुनै आस छैन
तर  हर रात
मँ सुस्केराहरु सुन्छु
र छटपटीहरु सहन्छु

लाग्छ
एक्लो ढुकुर बास  बस्न आयो।
पीपल  एक्लै सुसायो।
अनि
उही बिरहको गीत गुन गुनायो।

फेरी आउनेछ्न ति रात,
पिरती का भाका
जोडी ढुकुरको बास
अनि
दुइ सुगंधको  आभाष।