रङ्गिन मेरो जीवनलाई, सप्त रङ्गि बनाइ।
उड्यौ तिमी बेरङ्गि बनाइ।
उड्यौ तिमी बेरङ्गि बनाइ।

भगवानले पनि बुझ्न सकिन्न नारीलाई ।
त्यो कथन सत्य लाग्यो आज मलाई।
जब त्याग्नु थियो मलाई।
अन्तिम भेटमा बोलाई।
किन त्यो अंकमाल अनि चुम्बन मलाई ?
आफुलाई प्यासी ,मरुभूमिको कुवा भन्थ्यौ मलाई।
सुगन्धित फुल मान्थ्यौ मलाई।
तर
मरुभूमि जस्तै त्याग्येउ मलाई।
पलाशको फुलमा ढाल्येउ मलाई।
सुगन्धित फुल मान्थ्यौ मलाई।
तर
मरुभूमि जस्तै त्याग्येउ मलाई।
पलाशको फुलमा ढाल्येउ मलाई।
तिम्रो माया,
खिल बनी दिलमा रहयो।
दृश्य बनी दिमागमा रहयो।
नील्नु न ओकल्नु
विष बनी गलामा रहयो ।
खिल बनी दिलमा रहयो।
दृश्य बनी दिमागमा रहयो।
नील्नु न ओकल्नु
विष बनी गलामा रहयो ।
अब
तिम्रो प्रेम तृप्त बनोस् ।
अरु जीवनको रङ्ग नउडोस्।
बेथा जुन भोग्दै छु म , लेख्दै छु म
अरुले त्यो कोर्नु नपरोस ।
रङ्गिन मेरो जीवनलाई, सप्त रङ्गि बनाइ।
उड्यौ तिमी बेरङ्गि बनाइ।।
तिम्रो प्रेम तृप्त बनोस् ।
अरु जीवनको रङ्ग नउडोस्।
बेथा जुन भोग्दै छु म , लेख्दै छु म
अरुले त्यो कोर्नु नपरोस ।
रङ्गिन मेरो जीवनलाई, सप्त रङ्गि बनाइ।
उड्यौ तिमी बेरङ्गि बनाइ।।