हामी सिपाही

गर्दैनौ हामी सिमाको  रक्षा।
गर्दैनौ  अपराध  निदान।
तर  पनि  दिन्छौ हामी,
आँफैलाई जिम्मेवर सिपाहीको स्थान।

छैन हातमा हथियार।
छैन   काधमा फुली।
तर  पनि  निभाउछौ हामी ,
सिपाहीले  जस्तै  कर्तव्य देश नभुली।

सरकारी तलबमा,
देशको आर्थिक  विकासमा,
हरेक सालको बजेटमा,
हाम्रो छ केही योगदान।
तेसैले आँफैलाई दिन्छौ,
आर्थिक सिपाहीको स्थान।

सरकारी टोपी होइन,
Safety Helmet लाउछौ
हथियार होइन।
गैती, बेल्चा, गाडी
अनी
काम अनुसार दिमाग चलाऊछौ।
 देशको  सिमा  होइन,
अर्थतन्त्र   जोगाउछौ।

शाहीद नभए पनि ,
गोली  र खुकुरीको घाउले खुन नबगाए पनि ,
पसिना बगाउछौ।
कहिले  काही ज्यानै  गुमाउछौ।
कहिले  काही ज्यानै  गुमाउछौ।

मरुभुमिको राप माथि सुर्यको तातो
गर्नुपर्ने काम छ आ-आफ्नै खाचो ।