एकान्त


सोचको वर्षाले मन  बर्बराउछ सधै
एकान्तमा रमाउथे  पहिले
एक्लोपनसंग डर लाग्छ ,आजकल मलाई
किनकि
सोचको वर्षाले मन  बर्बराउछ सधै

कोलाहलमा रम्न खोज्छु
साथि भाईसंग  झुम्न खोज्छु
सम्झन त खोज्छु,  एकान्तलाइ  अजै
तर
अन्तर्मनले आठौं आश्चर्य, देखाउछ मलाई
सधै तेस्रो विश्व युद्धमा, पुराउछ मलाई
सायद एकान्तको  स्मृतिमा छैन म
किनकि
सोचको वर्षाले मन  बर्बराउछ सधै


चिन्ताले  चिन्तन, दिएको छ र कहिले
चिन्ताले बरु चिता , देखाउछ  जहिले
थाहा हुदाहुदै पनि सबै कुरा
सोचको वर्षाले मन,  बर्बराउछ जहिले