झिली मिलि
शहरको दृश्य राम्रो
लुकेको छ यहाँ
धेरै रहश्य हाम्रो
जमातको छ कोलाहाल
राम्रो
पुजामा पनि
कोहि स्वार्थ राख्नेहरु
प्रशाद स्वरूप
केहि आश राख्नेहरु
गाँजालाई , शिवजीको प्रशाद ठान्छन यहाँ नास्तिकहरु
रातलाई रंगिन
मान्छन यहाँ शहर फोहोर भन्नेहरु
झिली मिलि
शहरको दृश्य राम्रो
लुकेको छ यहाँ
धेरै रहश्य हाम्रो
सभ्य भनेहरु घर
अगाडी फोहोर फाल्छन्
अन्जानमा शहर
साफ गर्नेलाई यहाँ खाते भन्छन्
सफाई
कर्मचारीको उपनाम नै फोहोरी भैसक्यो
स्वच्छ शहर अभियान
लाखौ खानेहरु , यहाँ पुरस्कृत हुन्छन
झिली मिलि
शहरको दृश्य राम्रो
लुकेको छ यहाँ धेरै रहश्य हाम्रो
धरैको सपना
यहाँ आएर
टुक्रिन्छन
कतिको भाग्य
यहाँ आएर चम्किन्छ
दिन त दिन्छ यो
शहरले सबैलाई दिन्छ
कतिलाई सपनाको
पोको जस्ताको तस्तै
कतिलाई अरुको
सपना बनाई दिन्छ,
झिली मिलि
शहरको दृश्य राम्रो
लुकेको छ यहाँ
धेरै रहश्य हाम्रो
बधशाला देखि
देवालय, जहाँ त्यहि
जमातको छ कोलाहाल
राम्रो