
पिउने पानी पुर्यायोस्, चाहन्छौं हामी।
विजुली गाडी त चढ्दै गरौला सरकार
गाउँ, गाउँमा बिजुली बलोस् चाहन्छौं हामी।
Train भन्दा पहिले,
तुईन तिर ध्यान दिइयोस् ,चाहन्छौं हामी ।
विकास त गर्दै गरौला सरकार
बालबालिकाको सुरक्षामा ध्यान दिइयोस्, चाहन्छौं हामी ।
बुद्ध जन्मेको देश, खोज्दै छौं हामी।
स्वर्गीय वीरेन्द्रको शान्तिक्षेत्र, खोज्दै छौं हामी।
Somalia अनि Congo गएर,
शान्ति कायम गर्ने गोर्खालीको देश, खोज्दै छौं हामी।
त्रिकोण झण्डाको, चन्द्र र सूर्य देखेर विश्व नतमस्तक हुन्छु।
त्यो चन्द्र र सूर्य धमिल्याउने तत्व, खोज्दै छौं हामी।