कविता # 2

सँगालेर  धेरै धेरै  रहर
बनाएर  हाम्रो प्रीतीलाई  बगर
गएकी थियौ तिमी  शहर
थाहा पाए बास्तबिकता जब
बर्सियो त्यो समय बनेर कहर

केही बन्नु  थियो तिमीलाई
अभिनयमा नाम कमाउनु थियो तिमीलाई
पहिचा त बनेछ तिम्रो       
रातकी रानी भन्ने रहेछ न तिमीलाई

रङ्गीन  तिम्रो  गालाको  लाली
कानमा तिम्रो ठुला ठुला बाली 
मधुशालामा बज्छ तिम्रो नृत्यमा ताली
कस्तो हो यो बाध्यता तिम्रो           
हरेक बिहान उडछ तिम्रो ओठको  लाली

ऋतु जस्तो बदलिन्न म अटल छु
तिमी  मेरो पहिलो प्रीती 
अझै म त्यहि  छु

आउ  सानु  आउ
फर्केर  जाउ
यो बर्तमान लाई अतित बनाउ
हाम्रो अतित लाई  बर्तमान बनाउ