आँखा रसायो , तिम्रो गाजल बगायो
आशुको भेलमा, तिम्रो मुस्कान हरायो
समयको रफ्तार उही छ,
सुर्यको प्रकाश उही छ
जल अनी वायु पनि उस्तै छ्न
अरु भन्छन्
मेरो त जीवन त्यही पल रोकियो
जब
आँखा रसायो तिम्रो गाजल बगायो
आशुको भेलमा तिम्रो मुस्कान हरायो
लाग्दै थियो
खुशीको लहर आयो
उत्साह उमंगको वहार आयो
गृष्मलाई चिर्दै मेघ गर्जन सहित बर्षा आयो
कतै बगायो
कतै भत्कायो
खुशीको घर मेरो चट्याङ्ले सल्कायो
जब
आँखा रसायो तिम्रो गाजल बगायो
आशुको भलमा तिम्रो मुस्कान हरायो