
राखेको छु पोको पारी
सँ-सँगै
फुकाउने आसमा
मेटाउने विश्वासमा
तर
डर लाग्छ कता कता
नबनोस् यो आधा, अधुरा सपना
तिमीले वियोगमा बनाएको आँशुको ताल
पार गर्दै छु एक आत्मविश्वासले
सुक्ने छ यो हाम्रो पिरतीको रापले
तर
डर लाग्छ कता कता
नबनोस् यो आधा, अधुरा सपना
तिम्रो विरह का गीतले गुञ्जने वनजंगल
हाम्रो पिरतीको भाकाले गुञ्जाउनु छ
तिम्रो काखमा पल्टिएर पर गगनको तारा गिज्याउनु छ
तर
डर लाग्छ कता कता
नबनोस् यो आधा, अधुरा सपना