परदेशी

बिदेशिनु पहिले एउटै थीयो  उद्धेश्य
ऋण  तिरेर नेपाल फर्किने थीयो
मेरो लक्ष्य

पहिलो छुट्टीमा
साथी भाईहरुले, सोधेका थिए
कहिले फर्किने नेपाल
भनेको थिए,ऋण  तिरेको छु
बहिनीको विवाह  गरेको छु
ऋण केही  बाँकीनै  छ

दोस्रो  छुट्टीमा, प्रश्न  उही 
कहिले फर्किने नेपाल
जवाफ उस्तै
ऋण  तिरेको छु
भर्खर घर बनाएको छु
ऋण  केही बाँकीनै  छ

तेश्रो छुट्टीमा, प्रश्न फेरी पनि  उही 
कहिले फर्किने नेपाल
जवाफ उस्तै
ऋण तिरेको छु
भर्खर विवाह  गर्कोछु
ऋण  केही बाँकीनै  छ

पछील्ला केही  छुट्टीमा
प्रश्न उस्तै ,उत्तरको सार उही
ऋण   केही बाँकीनै  छ

फेरी आउँदै छु छुट्टी
कसैले नसोध्नु ,कहिले फर्किने नेपाल
ऋण  तिरेको छु
नयाँ उद्धेश्य  लेयको छु
किनकी भर्खर बाबु बनेकोछु

दसैं  त दशा  बनेन  होला
म रोजगार भए  पछी
ति धमिला दृष्ट रसाए होलान
टिकाको साइतमा
म परदेशी भएपछी

देउसी र भईलो मा रमाए होलान
गाउ घर  झिलिमिली बनाए होलान
सयपत्रीका फूल पनि ओइलाए होलान 
म परदेशी भएपछी
सप्त रङी टिका लगाइ दिने केही आश,
भए होलान निरास
म परदेशी भएपछी

केही मुद्रा कमाइयो होला
जीवनलाई  केही सहज बनाइयो होला
नयाँ  नयाँ  अनुहार दख्छु गाउ घर मा
अपरिचित बनेछु  अाफ्नै  ठाउँ मा
शायद म  परदेशी भएर होला