निर्माणलाइ भाग्नावासेस बनाउदैमा क्रान्ति हुदैन।
शहिदको संख्या बढाउदैमा क्रान्ति हुदैन।।
इतिहास बाट ज्ञान लिनुपर्छ केहि।
सोझालाइ हतियार भिडाउदैमा क्रान्ति हुदैन।।
बिस्फोट भयो रहेन स्कुल, पुल आदि।
बिकाशलाइ पछाडी धक्याउदैमा क्रान्ति हुदैन।।
सिरको टालो अनि हेल्मेटको युद्ध लामो।
बालकलाई टुहुरो बनाउदैमा क्रान्ति हुदैन।।
संगै खेल्ने दाजु भाइ भए दुश्मन आज।
भाइले-भाइलाई मार्दैमा क्रान्ति हुदैन।।
बिकाश र सोचको क्रान्ति ठुलो।
स्वार्थको लागि जनता लड़ाउदैमा क्रान्ति हुदैन।।











