गजल # 1

नजर सँग नजर जुधे पछि।
धमिलो इशारा बुझे पछि।।

आँकुरा पलाउदो रहेछ  मनमा।
गम्किने कोहि  मुस्काउदै कुदे पछि।।

तिब्र  थियो द्वन्द्व  भमरा बिच।
 बगैचामा गुलाब फूले पछि।।

 प्रतिद्वंदी सबै मेटिए बिचैमा।
समयले सबैलाई थिचे पछि।।

गृष्मले डढाएन बर्षाले बगाएन।
बसन्त त आयो केश सबै फूले पछि।।

नजर सँग नजर जुधे पछि।
धमिलो इशारा बुझे पछि।।

आँकुरा पलाउदो रहेछ  मनमा।
गम्किने कोहि  मुस्काउदै कुदे पछि।।