सिढी हाली टिप्न खोजे पुग्न सकिन।।
बाटो हिड्दा देख्छु फुल फक्रदैछ।
टिपी घरको मन्दिरमा सजाउन सकिन।।
त्रासित हुन्थे म बताश चल्दा ।
हावाको झोका बाट बचाउन सकिन ।।
प्रार्थना गर्छु सजियोस अरुकै मन्दिरमा।
ओइलाई झरेको देख्न सक्दिन।।
अप्ठ्यारोमा फुलेको फुल टिप्न सकिन।
सिढी हाली टिप्न खोजे पुग्न सकिन।।