बिधुवा


देबीको दर्शन गर्न गाह्रो भयो एक नारीलाई 
 गरिदै छ कु-कार्य  , बलि  चढाएर धर्मलाई। 

विधाता रच यस्तो संसार, बिधुवा बिना
 यहाँ गाह्रो भयो बाच्न,  एकल नारीलाई  । 

सुन्दै आएको एक्लो जो ,छ भगवान उसको
बिधुवा त भगवान बिना, खै कसको  आड  उनीहरुलाई । 

विदुरले बिहे र  बिधुवा लाई तिरस्कार, धर्ममा भए
रहेन  आस्था धर्ममा   , विधुवाले अगाल्ने नास्तिकतालाई ।    

धर्म का  ठेक़दार ,परमधाम  पठाउ पहिले श्रीमतीलाइ। 
भोग्नु पर्ला तिरस्कार, जुन गरेछौ तिमीले बिधुवालाई

बिधुवा अल्क्षिनी भए ग्रन्थ बाट निकाल उनीहरुलाई
नभुल भागवत गीता जसको जन्म भयो
कृष्णले ज्ञान दिदा एक बिधुवाको छोरालाई।

 Source of Photo :-
 http://kathmandupost.ekantipur.com/news