स्वदेश र संस्कृति

खाए   पनि   पिज्जा   र   बर्गर 
स्वाद त गुन्द्रुक र ढिडो मा हुन्छ  ।
ओभन मा पकाएको   परिकारमा, 
कहाँ आमाको हातको स्वाद हुन्छ ।

रमाए   पनि   Disco   र   Pop   मा 
मज्ज़ा  त दोहोरि र झ्याउरे मा हुन्छ  ।
चाहे  लगाऊ  जस्तो  सुकै  पोसाक 
मनमा, दौरा सुरुवाल र ढाका टोपी हुन्छ  ।

स्मृति   बाट   बिलिन  भयो  गुरु   पुर्णिमा 
Christmas र Valentine  स्मरण  हुन्छ ।
हाम्रो  संस्कृति  बचाउने  हाम्रो दायित्व 
अरुको संस्कृतिमा रमाएर  कहाँ  हुन्छ  ।