This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

एकान्त


सोचको वर्षाले मन  बर्बराउछ सधै
एकान्तमा रमाउथे  पहिले
एक्लोपनसंग डर लाग्छ ,आजकल मलाई
किनकि
सोचको वर्षाले मन  बर्बराउछ सधै

कोलाहलमा रम्न खोज्छु
साथि भाईसंग  झुम्न खोज्छु
सम्झन त खोज्छु,  एकान्तलाइ  अजै
तर
अन्तर्मनले आठौं आश्चर्य, देखाउछ मलाई
सधै तेस्रो विश्व युद्धमा, पुराउछ मलाई
सायद एकान्तको  स्मृतिमा छैन म
किनकि
सोचको वर्षाले मन  बर्बराउछ सधै


चिन्ताले  चिन्तन, दिएको छ र कहिले
चिन्ताले बरु चिता , देखाउछ  जहिले
थाहा हुदाहुदै पनि सबै कुरा
सोचको वर्षाले मन,  बर्बराउछ जहिले

कविता # 4


झिली मिलि शहरको  दृश्य राम्रो
लुकेको छ यहाँ धेरै रहश्य हाम्रो
बधशाला देखि देवालय, जहाँ त्यहि
जमातको छ कोलाहाल राम्रो

पुजामा पनि कोहि स्वार्थ राख्नेहरु
प्रशाद स्वरूप केहि आश राख्नेहरु
गाँजालाई , शिवजीको प्रशाद ठान्छन यहाँ  नास्तिकहरु
रातलाई रंगिन मान्छन यहाँ शहर फोहोर भन्नेहरु
झिली मिलि शहरको  दृश्य राम्रो
लुकेको छ यहाँ धेरै रहश्य हाम्रो

सभ्य भनेहरु घर अगाडी फोहोर फाल्छन्
अन्जानमा शहर साफ  गर्नेलाई यहाँ खाते  भन्छन्
सफाई कर्मचारीको  उपनाम नै  फोहोरी भैसक्यो
स्वच्छ शहर अभियान लाखौ खानेहरु  , यहाँ पुरस्कृत हुन्छन
झिली मिलि शहरको  दृश्य राम्रो
लुकेको छ यहाँ धेरै रहश्य हाम्रो                                                                                  

धरैको सपना यहाँ  आएर  टुक्रिन्छन
कतिको भाग्य यहाँ आएर चम्किन्छ
दिन त दिन्छ यो शहरले सबैलाई  दिन्छ
कतिलाई सपनाको पोको जस्ताको तस्तै
कतिलाई अरुको सपना बनाई दिन्छ,

झिली मिलि शहरको  दृश्य राम्रो
लुकेको छ यहाँ धेरै रहश्य हाम्रो
बधशाला देखि देवालय, जहाँ त्यहि
जमातको छ कोलाहाल राम्रो

गन्तव्य

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ ,  आत्मविश्वास अनि बैशाखीको आड

गन्तव्यले लाल्च्याएको मान्छे म
पथले गिज्याएको मान्छे म
सारथी त कोहि छैनन् मेरो
तर
इच्छा मेरो
आँट अनी आत्मविश्वास मेरो
उदाउँदो सुर्यको, अवलोकन पछिको आन्नद  मेरो
अनि सबै भन्दा ठुलो बैशाखी मेरो

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ  , आत्मविश्वास अनि बैशाखीको आड

डाँडाको बाटो लड्दै उठ्दै
पाटि पौवामा आराम गर्दै
निडर अनि  फुर्तिका साथ
आइ परेमा बैशाखीलाई ढाल बनाउदै
गन्तव्यलाई चुम्नु छ
अनि
बिहानी को त्यो रातो हिमाल
मुनि देखिने ति, आकाश  छोप्ने बादल
चिसो हावाको, स्पर्षको आभस

हेर्नु छ उदाउँदो सुर्य,
चढ्नु छ  त्यो पहाड
बाटो त धरै कठिन छ रे
तर म संग छ  , आत्मविश्वास अनि बैशाखीको आड

दैब

तिम्रो कोहि दिवंगत हुदा,  शव  छाडेका थिएनौ  दैब
फूल त के भनौ
 हाम्रो त, कोपिला पनि छाडेनौ  दैब

दैब भनिदेऊ
फूल तिमीलाई   चढाउँ
वा
हार बनाएर तस्बिर सजाउ

पत्थरलाई  पुजौ
वा
देखाएर तिमीलाई  तर्साउ
मनमानी तिम्रै  चल्ने  हो भने   दैब 
मानव सबैलाई  निष्ठुरी  बनाउ

सन्तान  बाचाउन हात्तीको बली चढायौ
आफ्नै  सन्तानको प्रतिस्पर्धा  जित्नेलाई,  प्रथम  पुजनिय बनायौ
दैब  मातृत्व मनुष्यमा पनि  हुन्छ
किन अल्प आयु को मानव बनायौ

दैब                                                                                                                                                                 
बाल बालिका संग दुर्बेवार  हुदा  कता हरायौ
धरै माता पितालाइ शोक  मा  पुरायौ
लाग्छ तिमि प्रतिकमा मात्र सिमित छौ
अस्तित्व तिमीले आफ्नै कारण गुमायौ