पुग्नु छ किनारामा ,बगेको पानी जस्तै।।
वाफ बनी उड्ने कतै, हुने कहिँ हिउँ।
पुग्नु छ धेरै गन्तब्यमा, बगेको पानी जस्तै।।
सुनामीको ताण्डव कहिँ, कतै जल जीवन ।
पर्नुछ धेरै दोधारमा, बगेको पानी जस्तै।।
गर्मीमा प्यास मट्ने , बर्षाको सिचाइ।
बस्नु छ सबैको मनमा, बगेको पानी जस्तै।।