गजल # 4

मुगलानको  मुद्राले, जाल बिच्छायो।
चलेको चलनले , मलाई घोच्चायो।।

लोभ लाग्दा अरुका,  घर अनि गाडी।
मनले त्यहाँ पुग्ने,  इच्छा  देखायो।।

सपनाको गन्तव्य, पच्छ्याउदा पच्छ्याउदै।
आफैलाई आफ्नो  घरमा, पाहुना बनायो।।

सन्तुस्टी मनको, स्वस्थ स्वास्थ्य।
चिन्ताले धेरैलाई, चितामा पुर्यायो।।