गजल # 3

पैसानै आफन्त पैसानै सान रहेछ।
पैसा हुने हरुलाई मात्र मान रहेछ।।

आफ्नो बिरानो पराई आफ्नो पैसाको खेल।
कलियुग यो पैसानै भगवान रहेछ।।

राजा अनि रैती सबै पैसाको भोगी। 
कमाउनु भन्दा जोगाउनु गाह्रो इमान रहेछ।।