
पढी लेखि केहि गर्ने , आशा जगायो
हाई हेल्लो गर्दा गर्दै , साथी बनाइयो
क्याम्पस को रमझममा , आशा हरायो
लेक्चर लाई पनि , लेक्चर सुनाउने भैयो
त्यसैले नै चिपको अफिस , धेरै धाईयो
बन्द हड्ताल त्यस्तै हो , छुट्टी पाइयो
त्यहि मौकामा गएर , टुच्च लगाइयो
पढ्दा पढ्दै मैयाको , चक्करमा परियो
तेही चक्करमा , झन्डै बोदी खाइयो
क्लास Bunk हान्दा हान्दै , Exam आयो
रिजल्ट त के भनौ , अरब को visa लायो