भएनन् कोहि


गरि गए धेरै शहिदहरु , अगाडी  बढाउने  भएनन्  कोहि
शहिदको माध्यमले चढ़दैछन नेताहरु ,  रोक्ने भएनन् कोहि

गरी धेरै बाचा बन्धन बने धेरै नेताहरु , पुरा गर्ने भएनन् कोहि
राजनितीको माध्यमले  कमाउदैछन् , रोक्ने   भएनन् कोहि

थिए धेरै  विधार्थीहरु  विद्धान  भएनन्   कोही
विधार्थीको माध्यमले गरि रहेछन बन्द हडताल , रोक्ने भएनन कोही

थिए धेरै संविधान बनाउछौ भन्नेहरु , बनाउने भएनन कोही
संविधानको माध्यमले खादैछन नेताहरु रोक्ने भएनन कोही