छ कोही ।


लूक्दै  छ जुन, तिम्रो चमक देखेर  ।
छल्किदै छ समुन्द्र, तिम्रो केश देखेर।।

पुतली र जुनाकिरी,रणभुल छन।
लजाउदै छ मृग, तिम्रो नयन देखेर।।

त्यग्दै छ मयुर, नृत्य सधैंलाई ।
नाच्दै छ कोइली, तिम्रो स्वर सुनेर ।।

खोज्दै छन जाही जुही ,सुगन्ध  को राज।
डाह गर्दै छन अप्सरा, तिम्रो सुन्दरता  देखेर।।